देवेन्द्र पौडेलले भने : बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको कुनै संलग्नता छैन


 


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारी जग्गामा निजी स्वामित्व हुनै नसक्ने दाबी गरेका हुन् ।

उनले भने, ‘सरकारी जग्गा कसैको निजी हुन सक्दैन, यदि कसैले सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रमाण भए अनुहार नै नहेरी सरकारले कारबाही गर्छ ।’नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे। उनले भने, ‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन्। ठाडै कारबाही गर्छ ।’

‘अहिले सरकारी जग्गा सबै भूमाफीयाहरुले कब्जा गरे भनेर भयानक नै भयो’ नेता पौडेलले भने, ‘जसरी हल्ला गरियो, त्यो सत्य कदापी होईन ।’ बालुवाटार जग्गा प्रकरणमा पनि आवश्यकभन्दा बढी हल्ला गर्न आवश्यक नरहेको पनि टिप्पणी गरे । उनले भने, ‘महासचिव पौडेलले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिबेला उहाँको पार्टी शक्तिशाली पनि थिएन्। सरकारमा पनि थिएन ।’

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्