विप्लवमाथिको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री ओली


 


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपामाथि लगाएको प्रतिबन्ध नहट्ने दोहोराउनुभएको छ । प्रमुख विपक्षीसहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताउनुभयो ।

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने धारणा राख्नुभयो ।

विप्लव समूहले हतियार बुझाए सहज हुने उहाँले बताउनुभयो । नभए सरकारले नियन्त्रण गर्ने उहाँले बताउनुभयो । सरकारले विप्लव समूहमाथी २८ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्