दाइजोमा पलङ नल्याएको भन्दै रौतहटमा २२ वर्षीया युवतीको हत्या


 


काठमाडौं । दाइजोमा लाखौँ रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।

राजदेवी नगरपालिका ३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीले २२ श्रीमती निशा उपाध्याय तिबारीलाई माइतीबाट दाइजोस्वरुप सुत्ने पलङ नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याएको मृतकका दाजु दिलीप उपाध्यायले बताए।

निशाको विवेकसँग ०७३ फागुनमा मागी विवाह भएको थियो। बिहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामान दिए पनि पलङ नदिएको भन्दै निशालाई पटक–पटक यातना दिँदै आएका माइती पक्षको आरोप छ। यो समचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्