प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका घिमिरे रिहा


 


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकारअन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नं। १ बाट वैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्रप्रसाद घिमिरेलाई ‘गैरकानुनी थुनामा राखेको’ ठहर गर्दै रिहाइ गरिदिएको हो ।

घिमिरेलाई जितगढी विजयोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ गरिएको थियो । – नागरिक दैनिकबाट

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्