आज अन्र्तराष्ट्रिय मजदुर दिवस मनाइँदै


 


काठमाडौं, बैशाख १८

आज मे १ अर्थात् अन्र्तराष्ट्रिय मजदुर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्