सिके राउतले भने : उपेन्द्र यादव र महन्थ ठाकुर विखण्डनकारी हुन्


 


काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू जेलभित्रै बस्दादेखि नै सरकारसँग सहमतिको तयारी भएको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राउतले आवश्यकताअनुसार नै सरकारसँग ११ बुँदे सम्झौता गरेको पनि बताए ।

सरकार र आफूबीचको सहमति जनताको चाहनाअनुसार नै भएको राउतको दावी छ । उनले आफूमाथि अन्तर्राराष्ट्रिय दबाब आएर सहमति गरेको भन्ने तर्कको खण्डन गर्दै जनताको लागि सहमति गरेको बताएका हुन् ।

राउतले संविधान स्वीकार गरेको पनि बताएका छन् । आफूले संविधान विपरितका कुनै पनि गतिविधि नगरेकाले नै सरकारले सहमति गरेको जिकिर गरे ।

आफूले जनताको स्वतन्त्रका लागि स्वतन्त्र मधेशको अवधारणा अघि सारेको पनि स्पष्ट पारे । मधेशका जनता विभेदको सिकार भएकाले स्वतन्त्रताको एजेण्डा उठाएको राउतले बताए ।

राउतले संघीय समाजवादी फोरम र राजपा विखण्डनकारी भएको आरोपसमेत लगाए । फोरम अध्यक्ष उपेन्द्र यादव र राजपाका महन्थ ठाकुरलगायतले आफूलाई जेलहाल्न लगाएको भन्दै राउतले आक्रोष पोखे ।

सरकारसँग सहमति हुनुअघि र पछि पनि विभिन्न बहानामा यादव र ठाकुरले आफूमाथि अनावश्यक आरोप लगाउने गरेको राउतले बताए ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्