इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु


 


इलाम, बैशाख १८

निर्माण सम्पन्न भएको ६ महिनापछि इलामको पशुपतिनगर सीमा नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

कार्यालयको केही दिन अगाडि मात्रै गृहमन्त्री रामबहादुर थापा (बादल)ले उद्घाटन गरेका थिए । ‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने हुँदा यो कार्यालयको स्थापनाले यसमा सहयोग पुर्‍याउने छ ।’

कार्यालयमा १ अध्यागमन अधिकृत, २ नायब सुब्बा, २ वरिष्ठ अध्यागमन सहायक, १ सह–लेखापाल, १ अध्यागमन सहायक तथा २ जना कार्यालय सहयोगीको दरबन्दी छ । तर तोकिएको दरबन्दीमध्ये आधा मात्र कर्मचारी कार्यालयमा कार्यरत छन् । रासस

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्