मन्त्री हुनु त यस्तो ! सुत्केरी व्यथाले थलिएकी महिलाको उद्धार गर्न आफै गए


 


हुम्ला । अतिरक्त श्राव भएकी निशा नेपाली र सुत्केरी व्यथाले थलिएकी राजकला महतारालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हुम्लाको चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपालीलाई उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ।

त्यसैगरी आजै हुम्लाकै अदानचुली गाउँपालिका १ कि राजकला महतारालाई सुत्केरी व्‍यथा लागेपछि हेलीकप्टरद्वारा सुर्खेत लगिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल आफैँ अदानचुली गाउँपालिका र चंखेली गाउँपालिका रहको हेलीप्याडमा आएर सुत्केरी व्‍यथा लागेकी महतारा र अतिरक्त रक्तश्राव भएकी नेपालीलाई सुर्खेत लगिएको छ।

चंखेली गाउँपालिका – ५ स्थित मेल्छाम स्वाथ्य चौकीमा कार्यरत अनमी दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३५ वर्षीया निशा नेपालीलाई गृह मन्त्रालयको समन्वय र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र स्थानीय धुब्रबहादुर शाहीको पहलमा उद्धार गरिएको हो।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्