मन्त्री पोखरेलले भने : अब ज्येष्ठ नागरिकको भत्ता ५ हजार



बर्दिवास ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताएका छन् ।महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार पुर्‍याउने गरी गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि सरकार निर्माण भएपछि ल्याइएको पहिलो बजेटमा बढाएको थिएन । भत्ता नबढेपछि सरकारको आलोचना भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ । उनले बिभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तयारीसमेत गरिएको बताए ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्