बिप्लप समुहका जिल्ला ईन्चार्ज प्रक्राउ


 


बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिगएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका– १ अम्कोटबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिंह भाटले वताए ।

पक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन् । त्यस्तै बिद्यार्थी गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रक्राउ सँगै उनीहरुबाट डेटोनेटर २ थान, हेन्डग्रिनेट २ थान र २ पाकेट गन पाउडर बरामत गरेको छ ।

त्यस्तै लाखौं रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख उद्धब भाटले बताए । गाँउमा गएर चन्दा संकलन गरिरहेको साथै बिप्लब समुहका बिभिन्न गतिबिधि गर्दै आएको आधारमा उनीहरुको खोजी कार्य गरी प्रक्राउ गरिएको हो ।

पक्राउ परेका बिप्लव समूहका कार्यक्रतालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धि कसुर ऐन लगाईने प्रहरी जनाएको हो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्