‘मोदी र चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको योजना’


 


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी भएको खुलासा गरेका छन् ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले प्रधानमन्त्री ओली छिट्टै भियतनाम, कम्बोडियालगायतको भ्रमणमा निस्किन लागेको पनि जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि नेपालको कुटनीतिले फड्को मारेको पनि उनको दाबी छ । उनले भने,”अन्तर्राष्टिय रुपमा नेपालको कुटनीतिक छबि, ख्याँति बढेको छ ।” भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्टपतिसँग नेपालले अत्यन्तै राम्रो सम्बन्ध बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्