हावाहुरी र मेघ गर्जनसहित पानी


 


काठमाडौं। काठमाडौं उत्यकासहितका जिल्लामा बुधबार साँझ हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । साँझदेखि काठमाडौं, ललितुपुर, भक्तपुर, चितवन, धादिङ, नुवाकोटमा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् ।

स्थानीय वायुको सक्रियता र पश्चिमी वायुको प्रभावले हावाहुरी आएको उनले बताइन्। देशका अन्य भागमा पनि आकाशमा बादल देखिएकाले वर्षाको सम्भावना रहेको उनको भनाइ छ।

हावाहुरी अत्याधिक गतिमा आएको थियो । सडकमा हिँडेका सर्वसाधारणहरू तर्सिएका थिए ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्