समाजवादी फोरमको प्रदेश १ अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित


 


विराटनगर, बैशाख १९
संघीय समाजवादी फोरम नेपालको प्रदेश १ समितिकोे अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित हुनु भएको छ । चाम्लिङले प्रभावशाली नेता तथा केन्द्रीय सदस्य भूराज राईलाई १३ मत अन्तरले पराजित गर्नुभयो ।

विराटनगरमा गत आइतबारदेखि सुरु भएको प्रदेश अधिवेशनको अन्तिम मतपरिणाम आज विहान घोषणा गरिएको हो । मत परिणाम अनुसार ४ सय ६५ मत मध्ये ४ सय ७ मत खसेको थियो । चाम्लिङले २ सय ६ प्राप्त प्राप्त गर्नु भयो । यसअघि गत असोज ९ र १० गते विराटनगरमा भएको पार्टीको प्रथम भेलाबाट तदर्थ समितिको अध्यक्षमा चाम्लिङ भुपेन्द्र नेम्बाङसँग पराजित हुनु भएको थियो ।

अध्यक्षका तीन आकांक्षी मध्ये प्रदेश तदर्थ समितिका अध्यक्ष भूपेन्द्र नेम्बाङले अन्तिममा समयमा भूराज राईलाई समर्थन गर्नु भएको थियो । प्रदेश समितिमा ५१ सदस्य निर्वाचित भएपनि पदाधिकारीको चयन निर्वाचित सदस्यहरुको बैठकले गर्ने निर्वाचित सदस्य राजकुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्