अपरिचित समुहले उर्लाबारी – १ मा क्रसर पीडितले टाँगेको ब्यानर च्यात्दै धम्की दिए


 


उर्लाबारी । उर्लाबारी १ मा क्रसर हटाउ अभियानमा धर्ना बस्दै आएको स्थानमा टाँगिएको ब्यानर अपरिचित ब्यक्तिहरुले बिहीबार च्यातिदिएका छन् ।

दुई वटा मोटरसाइकलमा आएका चार जना ब्यक्तिले धर्नामा बसेकाहरुलाई धम्क्याउँदै ब्यानर च्यातिदिएको संघर्ष समितिका संयोजक सम्वरबहादुर राईले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

मोटरसाइकलमा आएका ब्यक्तिहरुले तिमीहरु कति दिन धर्ना बस्छौ, अब तिमीहरुसँग प्रतिवाद गरेर क्रसर चलाउँछौं भन्दै धम्की दिएर हिडेको संयोजक राईले जानकारी गराएका छन् । उनले मानिस नचिने पनि मोटरसाइकलको पहिचान भएको बताएका हुन् । उनीहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई मौखिक जानकारी दिएको बताएका छन् । स्थानीयवासीहरु एक महिना पाँच दिन अगाडि देखि ‘कि क्रसर हटाउ, कि बस्ती उठाउ’ भन्दै स्थानीय झाँरसादी चौकमा धर्ना बस्दै आएका छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्