रंगेली अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलीत


 


रंगेली, बैशाख १९

रंगेली अस्पतालको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । अस्पतालमा कर्मचारी अभावका कारण लामो समय देखी प्रशासनिक काम ठप्प रहदा सेवा प्रदान गर्न सक्ने अवस्था नरहेको भन्दै डाक्टर तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

उनिहरुले अस्पतालको समस्या समाधान गर्नका लागी २० गते १ नं.प्रदेश मुख्यमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउने र समस्या समाधान नभए २२ गते देखी आकस्मीक सेवा बाहेक सम्पुर्ण सेवा अनिश्चीतकालका लागी ठप्प गर्ने निर्णण गरेका छन् । मोरंगको जिल्ला अस्पताल रंगेलीमा लेखा प्रमुख सहित प्रशासन कर्मचारी र स्टोर किपर नहुदा अस्पतालमा अति आवश्यक रहेको औषधी, ल्याब केमिकल, औजार तथा उपकरण मर्मत नहुदा सेवा प्रदान गर्न सक्ने अवस्था नरहेपछी आन्दोलन गर्न बाध्य भएको मेडिकल अधिकृत डा. निरज देवले बताउनुभयो ।

अस्पतालमा आर्थिक कारोवार ठप्प रहदा अक्सीजन समेत किन्न सकिएको छैन भने डढे महिना देखी एक्सरे मेशिन मर्मत नहुदा एक्सरे सेवा समेत बन्द रहेको छ । रंगेली अस्पतालका सुचना अधिकृत गोविन्द कटुवालले पटक पटक अस्पतालका कर्मचारीको समस्या समाधान गर्नकालागी नगरपालीका सहित सम्वन्धीत निकायलाई ध्यानआकर्षण गराउदा समेत सुनवाई नभएको बताउनुभयो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्