भोलिको बन्द विप्लवको नभई नेकपा माओवादीको हो : ब्युरो इन्चार्ज प्रताव



बुटवल । भोलि बैशाख २३ गते आह्वान गरिएको नेपाल बन्द नेत्रविक्रम चन्द (विप्लव) निकट समुहको नभई नेपाल निकट नेपाल कम्युनिष्ट पार्टी माओवादीको रहेको लुम्बिनी ब्युरो इन्चार्ज प्रतावले बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी लुम्बिनी ब्युरो इन्चार्ज तथा बन्द प्रचारप्रसार समिति संयोजक प्रताबद्धारा जारी विज्ञप्तिमा “राजनीतिक मुद्दाहरुलाई राजनीतिक तवरले हल गर्नुपर्नेमा सरकारले बल प्रयोगको मध्यम दमनबाट दबाउन खोज्नु मुर्खता हुनेछ। क्रान्तिकारी शक्तिहरु सरकारी दमनको पीडालाई आत्मसाथ गर्दै ज्वालामुखी बनेर संघर्षको मैदानमा उत्रन आह्वान गर्दछौ “। विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्