अब कतारमा काम गर्ने नेपालीले बिना भिजा आफन्तलाई कतार घुमाउन पाउने
काठमाडौं। बैदेशिक रोजगारीका लागी कतार पुगेका नेपाली कामदारले अब बिना भिजा आफ्ना आफन्तहरु लाई कतार घुमाउन पाउने भएका छन् ।
हालै मात्र कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिना भिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।
‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिना भिसा जान पाउनेछन् । यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघ संस्थासँग मिलेर आयोजना गर्दैछ र यो जून ४ देखि अगष्ट १६ सम्म चल्नेछ ।
कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिना भिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउनेछन् । कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।
प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार










