पुर्वक्रिकेटर अनिल अधिकारी विवादमा


 


anilकाठमाडाैं, चैत्र १

नेपाली क्रिकेट अहिले जटिल मोडमा रहेको छ । सर्वोच्च अदालतमा पेसी सर्नु ,वैधानिक र अवैधानिक क्यानबीचको टकरावले नेपाली क्रिकेटको अन्यौलता सतहमा देखिएको हो । तर मुख्य कार्यकारी अधिकृत भावना घिमिरेले अर्को व्यवस्था नभएसम्मका लागि राखेप र जननिर्वाचित सरकारको आदेश पालना गर्दै छिन् र नेपाली क्रिकेट शुन्यतामा रहनबाट जोगाएकि छिन् ।

ठिक विपरित निर्वाचनको होहल्ला गर्दै सिइयो भावना घिमिरेको राजिनामा माग गरेका अनिल अधिकारी कांग्रेसी कार्यकर्ता रहेको खुलेको छ । मध्यरातमा राखेपको अनुमति विना गरिएको अवैधानिक निर्वाचनलाई उनले समर्थन गर्नुको पछाडि उनको राजनितिक लाइन नै रहेको बुझिएको छ किनभने अवैधानिक रुपले निर्वाचित क्यान सदस्यहरु अधिकांश कांग्रेसनिकट छन् । यता सामाजिक संजाल र अनलाइन मार्फत पुर्व क्रिकेटर अनिल अधिकारीको चर्को विरोध भइरहेको छ ।

प्रकाशित मिति: १ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्