अाजकाे राशिफल


 


जाज मिति वि.सं. २०७२ साल चैत ३ गते। बुधबार। इश्वी सन् २०१६ मार्च १६ तारिख। नेपाल संवत् ११३६ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, १४:४८ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेहनत गर्दा कामको प्रतिफल राम्रो पाइनेछ। सुन्दर वस्त्र तथा आभूषणमा रमाउने समय छ। उपहार समेत प्राप्त हुन सक्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मनग्य धन आर्जन हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलीको प्रभावले फाइदा दिलाउनेछ। आस मारेको काम सजिलै बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको राम्रो मूल्यांकन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। आफ्ना कामबाट अरूलाई समेत फाइदा पुग्नेछ। सहयोगीहरूले साथ दिनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि फुर्सद पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चअनुसार फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ। गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ। तर, परिस्थितिले आम्दानी तथा सञ्चित रकम खर्च गराउन सक्छ। लगानीको तुलनामा कममात्र प्रतिफल हातलागी हुन सक्छ। प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋणमोचन हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पुरुषार्थी कामले कीर्तिमानी दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। दिगो कामबाट मनग्य लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। अध्ययनमा प्रगति हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेकै निर्णय नसच्याउँदा काममा चुनौती आउने देखिन्छ। शंका उब्जनुका साथै काम बिग्रने डरले पनि सताइरहनेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ हुनेछ।

प्रकाशित मिति: ३ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्