प्रधानमन्त्री ओलीलाई बालकृष्ण खाँडको प्रश्न : ‘वाईडवडी कहाँ–कहाँ छ?’


 


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।

शुसासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौ भ्रष्टाचारका काण्ड भइरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाए ।

‘सुशासनमा शहीदमञ्च नै छैन । बालुवाटारै अर्केले लगिसक्यो । एनसेलले कर नतिरेर कहाँ हिँडिसक्यो । १२ अर्ब रुपैयाँ बढी तिरेर फोरजी ल्याइएको छ । वाईडवडी कहाँ–कहाँ छ ? वाईडवडीसँग सम्बन्धित मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ ? न्यायिक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन उसले फलानो निर्दाेष । वालुवाटार जग्गामा निर्दाेष । वाईडवडीमा निर्दोष ? खाँडको प्रश्न छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्