प्रधानमन्त्री ओलीको प्रश्न : बालुवाटार, खुलामञ्च यो सरकारले मासेको हो ?


 


काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफ्नो सरकारको पालामा नभएको बताएका छन्।‘बालुवाटार पनि बिकेछ। खुलामञ्च पनि मासिएछ भनेको सुन्छु यो सरकारले हो?,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ। छानबिन हुँदैछ।’

सत्तारूढ नेपाल कम्युनिस्ट (नेकपा) का महासचिव विष्णु पौडेल नै सरकारी जग्गा व्यक्तिगत नाममा ल्याएको घटनामा मुछिएपछि आलोचना भएको छ।

प्रधानमन्त्रीले देशमा भ्रष्टाचार बढ्यो भन्नेहरूलाई पनि जवाफ दिए। ‘वाइड बडीको कारोबार यो सरकारले गरेको हो?,’ उनले भने, ‘के भएको हो छानबिन हुँदै छ।’

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्