बृद्धबृद्धालाई बेलवारी दुई नम्बर वडा कार्यालयको नगदसहित सम्मान्


 


मोरङ । बेलबारी नगरपालिका वडा नम्बर २ ले स्वास्थ्य शिबिर सहित ९० जना भन्दा वढि बृद्धबृद्धालाइ सम्मान गरेको छ । प्रत्येक बर्ष सम्मान गर्दै आएको वडा कार्यालयले यस बर्ष ८० बर्ष भन्दा माथि उमेरका बृद्धबृद्धालाई दोसल्ला,नगद पाँचसय,हरलिक्स,खदा तथा मिठाईहरु सहित सम्मान गरेको वडा अध्यक्ष घनश्याम गौतमले बताए ।

निशुल्क औषधि सहितको स्वास्थ्य शिविर गरिएको थियो । बृद्धबृद्धालाई सम्मान गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जेष्ठ नागरीक भनेका नगरका अविभावक रहेकोले उनिहरुको आशिरवाद लिएर समृद्ध नगरमा अगाडि बढि रहेको बताए ।

नगरपालिकाले बृद्ध बृद्धालाई लक्षित गरेर स्वास्थ्य शिविर टोलमा संचालन गर्दै आईरहेको छ उनले भने अहिले आउदो आर्थीक बर्षमा अझ प्रभावकारी खालका कार्यक्रम ल्याउने तयारीमा छौ । आफनो नगरमा कोहि पनि ओछ्यानमा थला परेर सुत्नु नपरोस भनेर विभिन्न अभियान हरु संचालन गरीरहेको समेत मेयर सुवेदीले बताए । सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाकि उपमेयर ढाका कुमारी पराजुलिको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्