पोखरामा हेली एयरको हेलिकप्टर दुर्घटना


 


पोखरा । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ। हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो।

दिउँसो १ : ४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए। जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको थियो। दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ। पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले बताए।

 

 

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्