पुर्वक्रिकेटर मनोज कटवाल भन्छन् : भावना घिमिरे राजनितिज्ञ हुन्, क्यानको सिइयो होइनन्


 


12443290_1097667943612033_1748604266_nकाठमाडाैं, चैत्र ४

मनोज कटवाल पुर्वराष्ट्रिय खेलाडी हुन् । नेपाली राष्ट्रिय टिमका पुर्वविकेटकिपर । लर्ड बुद्ध एकाडमी, झापाका संचालक एवम् झापा क्रिकेट संघका सदस्य । यसरी नजिकबाट क्रिकेटसंग सम्बन्धित व्यक्तिले नै भावना घिमिरेलाई राजनितिज्ञ भनेर आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा रइस थापाको जवाफमा उनले यस्तो बताएका हुन् । जसबाट यो प्रष्ट हुन्छ कि उनि अवैधानिक रुपले निर्वाचित क्यानको पक्षमा छन् । तर पुर्वमा क्रिकेट मासियो,क्षेत्र नं १ मा क्रिकेट मासिन लाग्यो भन्ने व्यक्ति उनै हुन् ।

12476582_1027370110643673_1940345506_nयसरी विगतमा आक्रोश पोखेकै क्यानसँग उनि कसरी नजिक हुन पुगे भन्ने चर्चा यतिबेला क्रिकेट जानकारहरुबीच चलिरहेको कुरा स्रोत दाबी गर्छ । एकपछि अर्को गर्दै लोकप्रिय भावना घिमिरेमाथि असहयोग गर्ने षड्यन्त्र भइरहेको चर्चा पनि सुरु हुन थालेको छ । यसअघि पुर्व क्रिकेटर अनिल अधिकारीले पनि फेसबुकमा स्टाटस लेख्दै भावना घिमिरेको राजिनामा मागेका थिए ।

यतिबेला सिइयो भावना घिमिरे अवैधानिक क्यानलाई लत्याउदै जननिर्वाचित सरकार र राखेपको निर्देशनमा अघि बढिरहेकी छिन् ।  नेपाल-नामिबियाको खेल नेपालमै गराउन नेतृत्व लिदै नेपाली क्रिकेटलाई शुन्यतामा रहनबाट बचाएको र अघिल्तिरका कामहरु पनि उल्लेखनिय रहेको क्रिकेट समर्थकहरुको बोली छ ।

प्रकाशित मिति: ४ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्