‘समाजवादी पार्टी’ फुटतर्फ, बँचेखुचेका कार्यकर्ताले माया मारेपछि बाबुरामको बिजोग


 


काठमाडौं उपेन्द्र यादवको पार्टीसँग एकता गर्दै समाजवादी पार्टी बनाएका डा. बाबुराम भट्टराईलाई बँचेखुचेका केही सारथीले पनि छाड्दैछन् । तत्कालीन माओवादी केन्द्रबाट बाहिरिएन नयाँ बिचार भन्दै नयाँ शक्ति बनाएका बाबुरामले एक्कासी नयाँ शक्ति बिघटन गरेपछि अधिकांश नेता असन्तुष्ट बनेका हुन् । बाबुरामकै साथमा रहेका केही पूर्वामाओवादी नेताले अब साथ छाड्ने योजना बनाएका हुन् ।

बाबुरामले बिचार त्यागेको भन्दै कल्पना धमला, देबेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह, नारायण तिवारीलगायत नेताले समाजवादी पार्टीबाट बाहिरिने तयारी थालेका छन् । धमलाको नेतृत्वमा यो समूहले छुट्टै भेलासमेत गरिसकेको छ । ललितपुरमा भएको भेलाबाट उनीहरुले बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन्।

पार्टी एकताको विषयमा आफुहरुको विमती रहेको र अब के गर्ने भन्नेबारे छलफल शुरु भएको एक नेताले बताए । यो समूह सांगठनिक र वैचारिक दुवै विषयमा नयाँ पार्टीमा असन्तुष्ट छ । भेलामा सहभागी ती नेताका अनुसार बाबुराम भट्टराईले बिचार नै त्यागेपछि अब यो समूहले बेग्लै वैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्ने योजना बनाएको बताए । उपेन्द्र यादवसँग मिलेर बाबुरामले आत्मसमर्पण गरेको उनको आरोप छ ।

यता, फोरमकी सांसद सरिता गिरीले पनि िएकतापछि समाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गर्दै आएकी छिन्।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्