भाउजूसँगको अवैध सम्बन्ध लुकाउन मुकेशले श्रीमतीलाई जिउँदै जलाए


 


काठमाडौं । धनुषामा भाउजूसँगको अवैध प्रेम सम्बन्धलाई लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहिद नगरपालिका(१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए।

श्रीमान् मुकेशले आगो लगाएर श्रीमती निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो । निर्मलाको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंमा उपचारका क्रममै वैशाख १६ गते मृत्यु भएको थियो।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि दिनहुँ झगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ । यहि प्रेम सम्बन्धको कारण निर्मलासँग विवाह गरको १० महिना नवित्दै मुकेशले हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्