पर्यटनमन्त्री नियुक्तीबारे सरकारका प्रवक्ताको आयो यस्तो भनाई


 


काठमाण्डौँ । सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको बताए ।

मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय खाली रहेको मन्त्रालयमा कहिले मन्त्री नियुक्त हुन्छन् भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने, ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएको छ । भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दैन । राज्यमन्त्री पनि हुनुहुन्छ ।’

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्