एनसिएसएको अगुवाइमा क्रिकेट समर्थक टियु मैदानतिर


 


safainकाठमाडाैं, चैत्र १४

नेपाल क्रिकेट सप्पोर्टर्स असोसियनद्वारा आयोजित टियु मैदान व्यवस्थापनमा सहयोग र सरसफाइ कार्यक्रमको सुरुआत भव्य रुपमा गरिएको छ। नेपालमा लामो समय पछि अाइसिसिले खेल आयोजना गर्दै छ । डब्लुसिएल अन्तर्गतको नेपालको तेस्रो चरणको खेल नामिबिया बिरुद्द आइसिसिले नेपाल मै गराउन गइरहेको छ।

आफ्नै घरेलु मैदानमा यति ठुलो प्रतियोगिता सम्पन्न हुने भएपछी क्रिकेट समर्थक हरुमा एक किसिमको उत्साह छाएको छ। तथापी मैदान ब्यबस्थापनको समस्या अझै छिटो र छरितो ढंगले आफ्नै अगुवाईमा होस खेलको संचालनमा ब्यबधान नआओस भन्नका लागि नेपाल क्रिकेट सपाेर्टस असोसियसनले अग्रता लिएको हो।

टियु मैदानमा शनिबार सयौको संख्यामा समर्थकहरु उपस्थित भएर मैदानको वरपर रहेको फोहोर सफाइ, ढुङ्गा पन्छाउने, पेबिलियन एरिया र दर्शक दिर्घाको सरसफाइ जस्ता कार्य सम्पन्न भएका छन। अभियानको शुभारम्भ गर्दै असोसियन अध्यक्ष भानु सिग्देलले बताएका छन ” एनसिएसएले हरेक सनिबार सरसफाइ कार्यक्रम, मैदान व्यवस्थापनमा क्यानलाई सहयोग र खेल दौरान भोलिन्टियरिन्ग गर्ने छ, नेपाली क्रिकेटमा सकेको योगदान दिने छौ । “

यसै गरी आफ्नो मन्तब्यको क्रममा विभाजित क्यान, बढ्दो चुनौती, र बहुप्रतिक्षित खेलको आयोजना, यो अवस्था मा फ्यान को सपाेर्ट महत्वपूर्ण रहेको ठान्छन एनसिएसए सचिव विमल पौडेल। नेपाली क्रिकेटले विश्वकप खेली सकेको छ तथापि केही समय देखि यो साख घट्दै गएकोमा चिन्ता ब्यक्त गर्दै कोषाध्यक्ष प्रमोद बज्राचार्य भन्छन ” नेपाली क्रिकेटको यो आन मान सान जोगाउन हाम्रो अ्सोसियसन ले अग्रणी भूमिका खेल्ने छ ।”

यसैगरी सदस्य तपेन्द्र जोशी क्रिकेट बचाउ अभियान, भूकम्पले क्षतिग्रस्त टि यु मैदानलाई व्यवस्थापन अादी देखि सक्रिय यस असोसियसन अहिले डब्लुसिएल अन्तर्गतको खेल सफल पार्ने अभियान मा रहेको बताउँछन नेपाली क्रिकेट जोगाउने उद्देस्यका लागि एन सि एस ए कोसेढुङ्गा साबित हुनेछ ।

यस्का आगामी कार्यक्रम अझ प्रभावकारी रहने बताउँछन कमिटी मेम्बर र क्रिकेट इन्थुजियास्तिक सञजय प्रसन्न धरेल । असोसियटमा उत्कृष्ठ टिम नेपाल र यस्का डाइ हार्ट फ्यान जसको प्रतिनिधित्व नेपाली क्रिकेट सपोर्टर्स असोसिएसनको यो अभियानमा खुलेरै साथ दिने र निरन्तरता दिने सहभागी क्रीकेट समर्थकहरु बताउछन ।

क्रिकेट देशको सुत्रधार हो, एनसिएसएलाई त्यसको सारथिको रुपमा हेर्न लागिएको प्रतिक्रिया सर्बत्र छ। यो अभियान नामिबियासगको म्याच सम्म लगातार चल्ने र आगामी दिनमा पनि सबै को सहभागिताको अपेक्षा गर्दै अध्यक्ष भानु सिग्देलले कार्यक्रम टुंगयाएका थिए ।अर्को कार्यक्रम आगामी शनिबार रहेको छ।

प्रकाशित मिति: १४ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्