जान्नुहोस रक्सीसँग खानै नहुने यी चिजहरु


 


मानिसहरू रक्सीसंग जे पायो त्यही खान्छन् तर त्यसले असर गर्छ भन्ने थाहा हुँदैन । जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ । त्यसैले यी चिजहरु रक्सीसंग कहिल्यै पनि खानु हुँदैन ।

धेरै जसो मानिसहरू मदिरासँग गुलियो चिज पनि खान मन पराउँछन् । गुलियो चिजले झन् मदिरा नशा बढाउँने काम गर्दछ ।

मानिसहरूले मदिरासंग सन्याक्स खाने गर्छन् । । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुनले जसले गर्दा भोक लाग्न दिँदैन र शरीरलाई भारी बनाउने गर्छ ।

मदिरासंग कोल्ड ड्रिंक मिलाएर कहिले खानु हुँदैन । किन भने कोल्ड ड्रिंकले शरीरमा पानीको मात्रा कम गराउँदछ । यसको सट्टा बरु जुस, पानी वा बरफ मिलाएर खान सकिन्छ ।

केही मानिस मदिरासंग दही, चीज आदि खाने गर्छन् । जसले गर्दा यी चिज पच्न्न धेरै समय लाग्छ ।

प्राय जसो मानिसहरू मदिरासंग चिप्स खाने गर्छन् । चिप्स खादा बढी तिर्खा लाग्ने हुँदा मानिसहरू झन् बढी मदिरा खान थाल्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्