काठमाडौ न्युरो तथा जनरल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर


 


उमेश खत्री काठमाडौँ
काठमाडौं सुन्धारामा सञ्चालन रहेको काठमाडौं न्युरो तथा जनरल अस्पतालले भोटेबालमा रहेको अरनिको सेकेण्डरी स्कुल मा नि:सुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त सिविरमा स्कुलमा अध्यनरत करिब २०० जना छात्र /छात्रा हरुको चेक-अफ गरिएको थियो ।उपस्थित छात्र /छात्राहरुले आफुहरुले आफ्नै स्कुलमा नेपालका विख्यात चिकित्सकहरुद्वारा जाँच गराउन पाएकोमा अत्यन्तै खुसी महसुस भएको प्रतिक्रिया दिएका थिए ।

काठमाडौं न्युरो तथा जनरल अस्पतालले सिबिरको माध्यमबाट जनस्तरमा स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउदै आएको छ । साथै स्कुल र निजी स्वास्थ्य संस्थाहरु मिलेर बिभिन्न रोगको बारेमा जनचेतना फैलाउन सकेको खण्डमा कुनै पनि रोग लाग्न बाट बच्न सकिने उक्त अस्पतालका बालरोग विशेषज्ञ डा.दिनेश प्रसाद कोइरालाले बताए।
स्वास्थ्य शिविरमा फिजिसियन डा. प्रतिक पौडेल,बालरोग विशेषज्ञ डा.दिनेश प्रसाद कोइराला, मेडिकल अफिसर डा. सुनिल भण्डारी, डेन्टल सर्जन डा.फेमिता खड्का ,डेन्टल सहायक सुनिता शाही,HA सागर महर्जन ,HA रेशम आचार्य ,Staff Nurse -सनम भुजेल , पुस्पा अधिकारी ,प्रसासनिक कर्मचारीहरु गोविन्द भट्टराई र रोजिना शाहीले सेवा प्रदान गरेका थिए ।

पछिल्लो समय काठमाडौँमा प्रदुश्रणका कारणले गर्दा धेरैको स्वास्थ्यमा समस्या भएकोले गर्दा सबै सजक भएर हिड्न फिजिसियन डा. प्रतिक पौडेलको अनुरोध छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्