सिआइए र रअ मिलेर वीरेन्द्रको वंशनाश गरेको खुलासा !


 


काठमाडौं,जेठ १९
तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।

अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो दाबी गरेको हो । वेन म्याडसेनले ‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स : कराकस एन्ड काठमाडौं’ शीर्षकमा लामो फिचर लेख्दै यस्तो खुलासा गरेका हुन् ।

अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा लेखिएको छ । त्यो रणनीति भेनेजुयेलामा असफल र तर नेपालमा सफल भएको फिचरमा लेखिएको छ । वेन म्याडसेनले सन् २००२ को सेप्टेम्बर २१ मा उक्त फिचर लेखेका थिए । साभार – नेपाल समय

अमेरिकाको मन्थ्ली रिभ्युमा प्रकाशित फिचर हेर्नुहोस्

Comparisons Between Recent U.S.-Backed Coups

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्