क्यान निलम्बनका कारण र अबको बाटो


 


सधैझैँ खाना खाएर बेडमा अराम गरेर बस्दै थिए । दिनभरी अफिसको काम र नेपाली क्रिकेट समर्थक सामाजको दर्ता परक्रियामा ब्यस्त भएकाले केहि थकान महसुस भैरहेको थियो समाचार र सामाजिक संजालको अपडेट लिन फेसबुक खोलेर हेरेको मात्र के थिए सुन्दै अपत्यारिलो लाग्ने खबर आइसीसीद्वारा नेपाल क्रिकेट संघ माथी प्रतिबन्ध भन्ने समाचार सिर्सक वालमा देखापर्यो।

विश्वास नलागेर अन्य पोर्टल पनि हेरे चारैतिर क्यान माथी प्रतिबन्ध को खबर छाईरहेको थियो एक्कासी छाती ढक्क फुलेर आयो र आखा रसाए। म जस्तै नेपाली क्रीकेटलाई निरन्तर रुपमा माया गर्ने साथिहरु नेपाल क्रीकेट संघ (क्यान) निलम्बित भएको सुन्दा निकै पिडामा भएको कुरा एकैछिनमा सामाजिक संजालमा पोखिएको उहाहरुको आक्रोशले प्रस्ट पारेको थियो।

आँखाबाट आँशु झरेपछि सबैभन्दा पहिला दिनरात नभनी राष्ट्रका लागी खेल्ने खेलाडीको भबिस्य सम्झिय,भावना दिदीलाई सम्झिए अनि सम्झिय नेपाली क्रिकेटका लागी आफुले गरेका योगदानहरु क्रमैसंग खेलाडीले तलब नपाएको बिरोधमा गरेको आन्दोलन ,नेपाली क्रिकेट बचाऊ आन्दोलन भूकम्पले भत्काएको टि.यु मैदानका भग्नावसेस पन्छाउने कार्य ,नेपाल र नामिबिया बिचको खेलमा NCSS ले गरेका कार्यहरु, अनि नेपाली क्रिकेट बिकाशका लागी अगाडी बढ्दै गरेका कर्मसिल हातहरु ( भानु सिग्देल ,संजय धरेल ,सनम पाठक, बिराज घिमिरे ,तपेन्द्र जोशी ,महेन्द्र गुरुङ, प्रमोद बज्राचार्य ,नबिन ओलिया,गणेश रिजाल ,सुशान्त आचार्य,खिलराज नेपाल,सुमिर न्यौपाने ) आदि लाई एकै स्थानमा आएर नेपाली क्रिकेट समर्थक समाज नामक सस्था खडा गर्दाको दुख ।

bimal poudel
लेखक बिमल पौडेल

राजनीतिक खिचातानीका कारण नेपाली क्रिकेट अविभावक बिहिन बनेको करिब एक वर्ष हुन लागेको अवस्था र आइसीसीले नेपालले पाउने करिब ९ करोड सहयोग रकम रोकेको अवस्था हेर्दा नेपाली क्रिकेटलाई पहिल्यै प्रतिबन्धमा पारिसकेको थियो र हिजोको निर्णयले त्यसलाई औपचारिकता मात्र प्रदान गरेको हो। नेपाल क्रिकेट संघ राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको सबैभन्दा पुरानो संस्था हो।नेपाली खेलकुदको सबैभन्दा पुरानो संस्था र वर्तमान समयमा नेपाली खेलकुदमा सबैभन्दा आसातीत खेलको अभिभावक अन्तरास्ट्रिय प्रतिबन्धमा पर्नु सम्पूर्ण नेपालीका लागी दुखद खबर हो।नेपाल क्रिकेट संघमा राजनीति खासगरी युबराज लामा रा.खे.प सदस्यसचिव भैसकेपछि पसेको हो।

प्रचण्डको आसिर्बादबाट रा.खे.प मा छिरेपछि लामाले तत्कालिन क्यान अधक्ष्य विनयराज पाण्डेको समूहलाई बिघटन गरि क्रिकेट नै नबुझेका पूर्व माओबादी लडाकु टंक आंगबुहांग राईलाई नेपाल क्रिकेट संघको अधक्ष्य बनाए। आंगबुहांग कै पालामा समयमै आर्थिक विवरण नाबुझौदा नेपालले करिब ७० लाख रुपैया आइसीसीलाई जरिवाना तिरेको थियो।त्यसैबिचमा आइसीसी कै पहलमा पछि नेपाल क्रिकेट संघको सि. ई.ओ मा भावना घिमिरेको नियुक्ती भयो।

बिचमा सरकार परिवर्तन भयर खेलकुद मन्त्रीमा एमाले कोटाबाट खेलकुद मन्त्रीमा पुरुसोत्तम पौडेल आएपछी क्रिकेट संघमा विवाद झन् चुलियो। नेपाल क्रिकेट संघमा भ्रस्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालिन क्रिकेट संघका अधक्ष्य टंक आंगबुहांग राई सहित १० जना बिरुद्ध विशेष अदालतमा मुद्दा दाएर गर्यो।

बिचमा केहि समय नेपाल क्रिकेट संघको नेतृत्व दिपक कोइरालाले गरे।युबराज लामाको सदस्य सचिबको कार्यकाल सकिएपछि मन्त्री पौडेलले एमाले निकट केशब बिस्ट लाई सदस्य सचिबमा नियुक्त गरे।यसैबीचमा विशेष अदालतले टंक आंगबुहांग राई सहित १० जनालाई सफाई दिएपछि टंक आंगबुहांग राई आफना दलबल सहित आफुले पुन क्यानको नेतृत्व पाउनुपर्ने अड्डी राखे।

क्यानको ४ बर्से पधवाधि सकिन केहि महिना मात्र रहेकाले दिपक कोइराला नेतृत्वको टिमले रा.खे.प संग चुनाबका लागि मिति माग्यो तर क्यानमा एमाले निकट नेतृत्व नआउने डरले रा.खे.प ले कोइराला समुहलाई चुनाबको मिति दिएन। राष्ट्रिय खेलकुद परिसदले चुनाबको मिति नतोकेपछि कोइराला समुहले गत मंसिर २७ गते काठमाण्डौंमा अधिवेसन गर्दै चतुरबहादुर चन्दको अध्यक्ष्यतामा नयाँ नेतृत्व चयन गर्यो जसमा बहुमत सदस्य माओबादी र कांग्रेस निकट थिए।

आफ्नो अनुमतिबिना चुनाब गरेको भन्दै रा.खे.प ले चन्द नेतृत्वको कार्यसमितिलाई अबैधानिक घोषणा गर्दै एमाले निकट मदन भण्डारी स्पोर्ट्स एकेडेमिका अध्यक्ष्य समेत रहेका रमेश सिलवालको अध्यक्ष्यतामा तत्कालै क्यानको तदर्थ समिति नयाँ घोषणा गर्यो।रा.खे.प ले आफ्नो नेतृत्वको कार्यसमितिलाई व्यवस्ता गरि अर्को समिति घोषणा गरेको भन्दै चतुरबहादुर चन्द समुहले गत पुष २८ मा सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो जुन अहिले सम्म पनि सर्वोच्चमा विचाराधीन छ। आर्थिक अपार्दर्सिता र कुशाशनका कारण नेपाललाई आइसीसीले यसअघि नै निलम्बन जस्तै गरिसकेको थियो जसको परिणाम थियो विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नामिबिया बिरुद्धको नेपालको खेल आइसीसीले आफ्नै पहलमा कीर्तिपुरमा खेलाउनु निलम्बन पछि अब नेपाली क्रिकेटमा राजनीतिक ब्वासाहरुले चलखेल गर्न पाउने छैनन्।

आइसीसीले गरेको प्रतिबन्ध को अन्तमा लेखिएको छ कि नेपाली राष्ट्रिय टिमले अन्तरास्ट्रिय प्रतियोगिता खेल्न पाउनेछ र उक्त अवस्थामा राष्ट्रिय टिमको सम्पूर्ण व्यवस्थापन खर्च उसैले (आइसीसीले) ब्यहोर्नेछ।आफ्नो निर्णयमा आइसीसीले नेपाली क्रिकेटका सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने उल्लेख गरेको छ।अहिलेसम्म खेलाडी र प्रशिक्षकको कडा मिहिनेत नै यहाँसम्म आइपुगेको छ।खेलभित्र राजनीति गर्दा के हुन्छ भन्ने परिणाम नेपाल क्रिकेट संघ (क्यान )को निलम्बन ले देखाइसकेको छ।आइसीसीको यो प्रतिबन्ध नेपालका अन्य खेल संस्था का लागि पनि नजिर हुनेछ।

आइसीसीको यस निर्णयलाई अब हामीले नयाँ अवसरको रुपमा लिनुपर्छ । जे हुन्छ राम्रैका लागी हुन्छ भनेजस्तै आसा गरौ आइसीसीको यो निर्णयले सरकार, न्यायालय भनेर चिनिने तर कहिलेकाही न्यायको सट्टा पिडा दिने ठाउँ (अदालत ) र राजनीतिक माफियाहरुले भरिएको संगठन (रा.खे प ) को घैटोमा घाम लाग्नेछ र अबिलम्ब नेपाल क्रिकेट बोर्ड गठन हुनेछ अनि नेपाली क्रीकेट ले सहि दिशा लिनेछ ।

पौडेल नेपाली क्रिकेट समर्थक समाजका सचिब हुन् ।

प्रकाशित मिति: १४ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्