के मेवा खाँदा साँच्चै गर्भपातको खतरा हुन्छ ?


 


भनिन्छ, गर्भवतीले मेवा खानु हुँदैन । यसले गर्भपातको खतरा हुन्छ । के साँच्चै मेवाले गर्भपात गराउँछ त ?कतिपय डाक्टरहरु मान्छन् कि गर्भवतीले मेवा खानबाट बच्नुपर्छ । अझ काँचो मेवा त खानै हुँदैन । किनकि, काँचो मेवामा एक यस्तो इन्जाइम हुन्छ, जसले पाठेघरको खुम्चाइ बढाइदिन्छ, जसका कारण गर्भपात हुन सक्छ ।

पाकेको मेवामा यो इन्जाइमको मात्रा केही कम हुन्छ । तैपनि, गर्भवती अवस्थामा यसको सेवनले केही खतरा भने निम्त्याउन सक्छ । साथै प्रसूतिपछि पनि केही हप्ता मेवा नखान सल्लाह दिइन्छ । यस्तो अवस्थामा मेवाको पात पनि उत्तिकै खतरनाक हुन्छ । मेवाको पातमा ‘पपाइन’ नामक कम्पाउन्ड हुन्छ, जुन शिशुका लागि प्राणघातक हुन सक्छ । यसले शिशुमा ‘बर्थ डिफेक्ट’ पनि निम्त्याउन सक्छ ।

यसका अतिरिक्त, मेवामा भारी मात्रामा ल्याटेक्स (चोप) हुन्छ । यसले एलर्जी गराउँछ । मेवाको बिउले पुरुषलाई नपुंसक बनाउन सक्छ । यसले वीर्यमा शुक्रकीटको संख्या घटाउँछ, र शुक्रकीटको ‘मोबिलिटी’मा पनि असर गर्छ ।

सामान्य अवस्थाका लागि मेवा एक स्वस्थवद्र्धक फल हो । तर, यसको अत्यधिक सेवन भने जुनसुकै अवस्थामा खतरनाक हुन सक्छ । यो यसकारण कि, मेवामा ‘बेन्जाइल आइसोथायोसाइनेट’ पाइन्छ, जसको अधिक मात्रा शरीरका लागि विषाक्त हुन सक्छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्