आफ्नो स्मरणशक्ति बढाउन गर्नुहोस् यस्ता कार्य


 


एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ । धेरैमा यो समस्या देखा पर्दछ । यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा ।

न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । मानिसले कहिल्यैपनि एकान्तमा मन्थन गर्नु हुँदैन । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या रहेको हुन्छ ।

स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले संकेत गरेको छ, अधबैँशे उमेर र बुढापाकाले सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो । स्वास्थ्यलाई सुरक्षित राख्न सकेको व्यायमपनि आवश्यक छ । यो आइडिया निकै रोमाञ्चक छ, यसमा मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मदत मिल्नेछ । स्वीडेनमा गरेका अध्ययनमा ८०० महिला सामेल थिए जसमा धेरैको उमेर ४७ वर्ष राखिएको थियो । एजेन्सी

प्रकाशित मिति: ५ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्