आजको राशिफल, – असार ७ गते शनिबार


 


आज बि.स. २०७६ साल असार ७ गते शनिबार इश्वी सन् २०१९ जुन २२ तारीख आषाढ कृष्णपक्ष पञ्चमी तिथी धनिष्ठा,नक्षत्र विष्कुम्भ योग कौलब करण प्रातः ०६ः३२ बजे सम्म पश्चात गर करण चन्द्रमा मकर राशिमा प्रातः ०६ः४३ बजे सम्म पश्चात कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग सुर्य उत्तरायण ग्रीष्म ऋतु ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । कार्य क्षेत्रमा बिभिन्न अवसरहरु जुट्नाले मन प्रशन्न रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । मान प्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनु होला ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला । कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । यात्राका क्रममा सामान्य चोट पटकको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । भोज भतेरका क्षेत्रमा सहभागीता जनाउने योग रहेकोछ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरु बाट धोका हुनाले मनमा खिन्नता बोध हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । पारीवारिक कलहको सामना गर्नुपर्ने सम्भाबना रहेकोले बिशेष सजग रहनु उत्तम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेको छ । आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अपरिचित ब्यतिहरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामान्य कार्य सम्पादनका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेको भएता पनि आम्दानि मध्यम रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेकोछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने सम्भाबना रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । वाणिका कारण हर कसैलाई आफनो बशमा पार्न सक्ने क्षमतामा बृद्धिहुने दिन रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । पारीवारीक सम्बन्धमा प्रगाढता छाउनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । अरुको छीटो बिश्वास गर्ने बानिका काराण सामान्य समस्यामा परीने योग रहेकोछ ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्