आज असार १२ गते बिहिवारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल असार १२ गते । बिहीबार । इस्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी,५५ घडी ५७ पला,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । नक्षत्र रेवती,०० घडी ५० पला,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त अश्विनी । योग अतिगण्ड,४२ घडी ४९ पला,बेलुकी १० बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त बव । आनन्दादिमा मित्र योग । चन्द्रराशि मीन,बिहान ०५ बजेर ३२ मिनेट उप्रान्त मेष । विश्व मधुमेह दिवस । पञ्चक समाप्ति । काठमाडौँमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी बढाउने बाध्यात्मक परिस्थिति आएपनि समय मध्यमय रहेकोले ध्यान दिनु जरुरी छ । विदेशबाट आयातित सामानको व्यापार फस्टाउनेछ भने स्वदेशमा उत्पादित सामानहरूले बजार पाउने सम्भावना कम रहेको छ । खोज तथा अनुसन्धानमा लाग्ने विद्यार्थीहरूका लागि समयले भनेजस्तो नतिजा ल्याउने सम्भावना कम रहेको छ । पहिला नै फिक्स भएको प्र्रीय पात्र सँगको भेट नहुने हुँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेसा सँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथी सँग थप आत्मीय भाव बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नाफा मूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाइ उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको सिकारले नैराश्य बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरू आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हँुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा आफन्तसँग साना साना कुरामा राय बजिनेछ भने साथीभाइ सँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । कृषि तथा सहकारी पेसा व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्