भिम थापा मगर प्रेमको चक्करमा (भिडियाे सहित)


 


एकराज लज्जालु
“गायन क्षेत्रमा पैसाको खोलो बगाएर मात्र हुँदैन कला, गला र परिश्रमको मेल हुनु पर्दछ” भन्दै देशको न्यूज अनलाइनमा भलाकुसरी गरेका स्वरका धनी युवा गायक भीम थापा मगरले आज फेरि हामी आम श्रोता तथा देशको न्यूज अनलाईन समक्ष मायाँ प्रितिको गहिराईमा डुबुल्की मार्दै गरेको आधुनिक नेपाली गित भिडियो कोशेली स्वरुप लिएर आउन सफल भएका छन् ।

वास्तवमै मायाँ प्रितिमा बहकिदाको पागलपनलाई यो भिडियोले उजागर गरेको छ । सहयात्रा एलबम् तथा दिपक शर्माको शब्द र संगितमा भिम थापाको स्वरमा सजिएको “बरु म मर्न सक्छु तर तिम्रो मायाँ मार्न सक्दिन” भन्ने बोलको गीतले आम श्रोताहरुको मन मस्तिष्कलाई अवश्य छुनेछ । तातो तातो रापले पोले पनि धैर्यता गर्ने हिम्मत भएका गायक बरु भौतिक शरिरलाई मृत्युको मुखमा आहुती दिनु परे दिन तयार हुने तर मायालुको मायाँमा पराजित भएर तड्पिन कदापी पनि नचाहने उनको गीतले झल्काएको छ ।

जीवन मरणासन्न अवस्थामा पुगेपनि जीवनलाई घिर्सादै बसाई सर्न तत्पर हुन्छु तर भुल्न सक्दिन भनेर मायालु प्रति पागलपन देखाएका छन् । भीमको ज्यानलाई आगोको ज्वालामा पिल्साए पनि मायालुको खुसीको लागि मुटु समेत बेच्न पछि नपर्ने गायक भिम थापाको जीवनमा जे जस्तो कष्ट हण्डर आएपनि मायालुलाई भुल्न नसक्ने जीवन्त मायालुको मुस्कान हेर्न चाहने गायक भिम थापा मगरलाई कुन मायाँलुले पागल बनाईन् त यो उनको भिडियो एकचोटी हेरौ न त

प्रकाशित मिति: २६ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्