८ राशिका लागि निकै राम्रो छ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल !


 


मेष प्रयत्न परिणाममुखी हुनेछ । कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुकुवा हुनेछन् । कार्य क्षेत्रमा विभिन्न जिम्मेवारी आइलाग्दा कीर्तिमानी कार्य सहज रूपमा सम्पन्न गरिनेछ । मन पराउने साथीको दोहोरो भूमिकाका कारण मन खोलेर कुरा गर्न सकेका छैनन् । सरोकार नभएको कार्यले फजुल खर्च गराउन सक्छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।

वृष

कुरा काटनेहरू तपाईंको कमजोरी पहिल्याउँदै षड्यन्त्रको घेरामा पार्न खोज्दैछन् । स्वाभिमानले यस्तो षड्यन्त्र परास्त गर्न सकिनेछ । मित्रतामा पुनः तुसारापात हुन सक्छ, खुलेर विचार आदान–प्रदान गर्नुहोला । साथीहरूसँग मनोरञ्जन गर्दा खर्चसमेत बेहोर्नुपर्ला ।

मिथुन

सेवाको भावनाले गरिएका कार्यबाट प्रतिस्पर्धीहरूलाई पछाडि धकेल्न सकिनेछ । मन पराएकाहरूले विशेष प्रस्ताव राखी उपहार–प्रदान गर्ने प्रयास गर्नेछन् । साथीहरूसँगको जमघटमा पूर्ण मनोरञ्जन प्राप्त हुनेछ । साताको प्रारम्भभन्दा अन्त्य नै बढी लाभदायक रहनेछ । हरियो रंगको पहिरनले तपाईंको आत्मविश्वास अझ दरिलो बनाउनेछ ।

कर्कट :

राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गरे ठूलो नोक्सानीको फन्दामा परिनेछ । पूर्वपरिचित मित्रलाई बिर्संदै उच्च वर्गको लहैलहैमा लाग्दा बढी मूल्य चुकाउनुपर्नेछ । विपरीत लिंगीहरूले मन पराउने मनस्थिति बनाउने सम्भावना छ । खरानी रंगको पहिरनबाट थप ऊर्जा मिल्न सक्छ ।

सिंह :

पहिले असहयोग गर्ने मित्रहरू सहयोगको हात फैलाउन तत्पर हुनेछन् । मनलाई दरिलो बनाएर गरिएको निर्णय आफ्नै हितमा हुनेछ । नयाँ काम हात पार्दा विपक्षीहरू चकित हुनेछन् । साताको अन्त्यतिर सामाजिक भेटघाटले प्रतिष्ठा बढाउनेछ । रातो रंगको सवारी साधन चलाउँदा विशेष फाइदा मिल्नेछ ।

कन्या :

पूर्वतर्फको यात्राले थप अवसर जुटाउन सक्छ । खर्च गरी मनोरञ्जन गर्ने मित्रहरूले आफूलाई समेत अपजसको भागी बनाउलान् । आर्थिक व्यवहारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको मूल्यलाई समेत उपेक्षा गर्नेछन् । विभिन्न कार्य तर्जुमा गर्नुपर्ने अवस्था आइलाग्न सक्छ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला ।

तुला :

स्वार्थीहरूले घेरा हाल्न सक्छन् । गरिब तथा असहायहरूलाई सहयोग गर्न मन उत्साहित हुनेछ । नयाँ अवसरसँगै सवारी साधन जोरिने सम्भावना टरेको छैन । कामले थप प्रयासको अपेक्षा राखेको छ । मन पूण्य कार्यतर्फ आकर्षित हुनेछ । साताको अन्त्यमा पारिवारिक वातावरणमा मनोरञ्जन गर्न पाइनेछ ।

वृश्चिक :

स्वदेशमै उपलब्धि हात पार्न प्रेमी–प्रेमिकाको भूमिका महत्वपूर्ण हुनेछ । उन्नति देख्नेहरू लोभिनेछन् । पुर्ख्यौली धन खर्च गरी सवारी साधन तथा भौतिक उपकरणहरू खरिद गर्न अग्रसर भइनेछ । साताको अन्त्यमा जलक्रीडामा सामेल हुँदा वा साथीहरूसँग घुमफिर गर्दा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु ः

प्रियजनले बाहिरी कुरामा विश्वास गरी चित्त दुखाउन सक्छन् । निराशाले पनि सताउनेछ । उच्च ओहदाका कर्मचारीको निगरानीप्रति सतर्कता अपनाउनुपर्नेछ । विवेक पुर्‍याएर कार्य गरे उचित स्थान प्राप्त होला । आकस्मिक भेटघाटले मनोरञ्जन प्रदान गर्नेछ ।

मकर

आफ्नो कार्य दक्षता तथा इमान्दारिताको प्रभावले बिग्रन लागेका कार्यहरू सहजै सफल हुनेछन् । साताको मध्यमा आम्दानी राम्रै रहे पनि फजुल खर्चले सताउन सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन आवश्यक छ । पारिवारिक भेटघाटमा रमाउन पाइनेछ ।

कुम्भ

रोजगारीको सभावना छ । कला–कौशल देखाएर फरक अनुभूति दिन सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै ठाकठुकसमेत पर्न सक्छ । वृद्ध–वृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ ।

मीन :

विपक्षीको छलकपट तथा जालझेलप्रतिसावधानी अपनाउनुहोला । रोजगारीको नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोगी भूमिका निर्वाह गर्नेछ । व्यवसायिक क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । यदाकदा अवरोध तथा कठिनाइको सामना गर्नुपर्ला।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्