क्यानमा उपहासको पात्र बनाइयो – महिला क्रीकेटर सीता राना मगर


 


केहि समय अगाडी सम्म हाम्रो समाजमा महिलाई चुलो चौकामै सिमीत राखिने चलन थियो, महिलालाई गाँस बास कपासको घेरा बाट बाहिर निस्की खेलकुद लगायत अन्य मनोरन्जनको क्षेत्रमा आफ्नो कला कौशल देखाउन पाउने बाताबरण खासै थियन । यस्ता तमाम समस्यालाई पछी पार्दै क्रिकेट खेलमा पाइला राखीन सिता राना मगरले।महिला क्रिकेट उदयका साल सन 2007 देखीनै टिममा रही बिभीन्न अन्तराष्ट्रिय प्रतियोगितामा देशबाट प्रतिनीधित्व गरिसकेकि मगर हालपनी महिला टिमको महत्वपुर्ण सदश्य हुन।
आगामी अक्टोबर मा ए सि सि को प्रतियोगिता हुदैछ अन्य देशका टिम घोषणा भएर अभ्यास मा जुटिसके हामीले अभ्यासको त कुरै छोडौ खेल्न पाउने नपाउने पनि अत्तोपत्तो छैन सीता भन्छिन।ब्यबस्थापन मा पहिले देखि नै महिला क्रीकेटप्रती उदासिनता रहेको कुरा पनि उनि बताउछिन। आफू हरु ले गरेको मेहनत ले अहिले बिश्वकपमा पुग्न सक्ने अवस्था रहेको बताउदै यदि हामिलाई अवसर दिइन्थ्यो भने हामि बिश्वकपमा पुगेर नाम लेखाइ दिने थियौ भन्ने
गुनासो समेत गर्छिन।यदि यहि अवस्था रहिरहने हो भने नेपाली महिला क्रीकेट टोलिपनि थियो र ? भन्ने अवस्था न आउला भन्न नसकिने उनको ठम्याइ छ।
ब्यबस्थापन समक्ष आफ्नोकुरा राखेपनी सुनुवाइ नभएको प्रसङ्ग जोड्दै उनी अगाडी भन्छिन हामी लाई आफ्नो कुरा
राख्ने अवसर पनि दिइन्न्थ्यो। बैठकमाआमन्त्रण गरे पनि औपचारिकता मा सिमित गरिन्थ्यो।हामी त्यहा बोल्नु भनेको उपहासको पात्र बन्नु मात्र थियो आफ्नो अनुभव यसरी सुनाउछिन । महिला क्रीकेट मा पनि लगानी र अवसर चाहियो भनेर आवाज उठाउदा पुरुष क्रीकेट प्रती ईर्ष्या गरेको आरोप लगाएर खेलाडी बिच दरार पैदा गराउने समेत
गरेको अनुभव उनी सग छ ।जाउ केटा हरुले जस्तो जितेर देखाउ अनि हामी लगानी गरौला भन्ने ठाडो शब्द कैयौ पटक सहेको उनको अनुभव रहेको छ।पहिले प्रतिफल अनि लगानी खोज्ने उल्टो दिमाग प्रती चिन्ता ब्यक्त गर्छिन मगर ।सोही
प्रसङ्गमा उनि नेपाली महिला टोलि ले पुरुषले भन्दा महिला टिमले पहिले अन्तर्राष्ट्रिय ट्रफि उचालेको बताउदै राष्ट्रिय क्रीकेटर शक्ति गौचन ले हौसला बढाएको प्रसङ्ग लाई यसरि ब्यक्त गर्छिन कि सीता बहिनी तिमिहरु ले त बिश्वमा नेपाल लाई चिनायौ नाम कमायौ यो स्तर लाई कहिले तल झर्न नदिनु।

sita magarस्कुले जीवन देखि नै स्कुल स्तरिय प्रतियोगिताखेल्दैगर्दा राम्रो हुँदै गएपछी क्षेत्रीय प्रतियोगिताको लागि क्षेत्र नम्बर 5
नेपालगन्ज बाट छनौट भएकि सीता राना मगर क्षेतृय हुँदै
राष्ट्रिय टोलि मा 2007 देखि नै निरन्तर सहभागिताजनाउदै आएकी थिइन ।हाल उनी शसस्त्र प्रहरी को ए पि एफ क्लबमा आबद्द छिन। उनको प्रतिभा को कदर गर्दै ए पि एफ ले उनि लगायत केही राष्ट्रिय खेलाडी लाई स्थायी नियुक्ती दिदै क्लबमा आबद्द गराएको हो। क्लबमा नियमित अभ्यास
को अवसर हुने गरे पनि उचित र दक्ष प्रशिक्षणको कमि रहेको बताउछिन सीता राना मगर ।हाल ए पि एफ मा उनी लगायत 10 जना खेलाडी स्थायी रुपमा आबद्द छन ।कुनै पनि खेलहरु ठप्प भएको र टोलिको सहभागीता नहुने भए पछि अस्थायी हरु को करार नवीकरण नगरिएको र यदि यहि अवस्था रहिरहे आफ्नो पनि त्यही हालत हुनेमा चिन्ता ब्यक्त गर्छिन सिता।लामो समय देखि कुनै क्लब स्तरिय म्याच समेत खेल्ने अवसर पनि नपाएको तथा प्रतियोगिता आयोजना नै हुन छोडेको सम्बन्धित पक्ष को ध्यानाकर्षण गराउदै उनी भन्छिन केही निकाय हरु म्याच गराउन तम्तयार भए पनि महिला क्रीकेटमा प्रायोजक हरुको पनि उदासिनता रहेको उनको ठहर छ।

नेपाली खेलकुद को क्षेत्रमा कुनै समय मा छुट्टै पहिचान बनाउन सफल महिला क्रीकेट अहिले शुन्यतामा हराइ रहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता मा सन 2007 मा प्रबेश गरेसगै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामानै फाइनल सम्मको यात्र तय गरेर महिला क्रीकेटमापनी प्रचुर सम्भावना भयको सकेँत
देखाएको नेपाली महिला टोलिले एकबर्ष पछिनै (2008) ए सि सि को युथ 19 लेभलको प्रतियोगिता जित्यो र 2010 मा
सोहि प्रतियोगीता दोस्रो पल्ट आफ्नो पोल्टामापारी महिला क्रिकेटमा अन्तरर्राष्ट्रिय छवि बनाएको थियो।त्यसपछी
प्राय गरेर ए सि सि का प्रतियोगीताहरुमा थाइल्यान्ड ,सिङगापुर ,मलेशिया ,भुटान , हङकङ जस्ता टोलीहरुमाथी जित निकाल्दै आफ्नो उचाइ कायम राखेको थियो।राम्रो सम्भावना हुदाहुदैपनी कमजोर एसोसियसन, कम अन्तराष्ट्रिय प्रतियोगीता,कमजोर घरेलु लिग, खेलाडी तथा कोचलाई न्युन सुबिधा पुरुष टोलीको लगातार सुखद नतिजा
आदिले गर्दा बिस्तारै ओझेलमा पर्दैगयो नेपालि महिला क्रीकेट टिम।छोटो समयमै एउटा बाटो समातिसकेको महिला
टिम आज इतिहासमा मात्र सिमित हुने बाटोमा छ।महिला टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपायको साढेँ दुई बर्षै हुन लाग्यो घरेलु लिग त झन कुरै नगरौँ॥ टिम कहाँ छ के गर्दै छ अत्तोपत्तो छैन।

नेपालि क्रीकेट समर्थक समाज स्थापना हुनुले आफूहरुमा उत्साह जागेको बताउने सीता राना मगर यश सन्स्थाले नेपाली महिला क्रीकेटको उत्थानमा सहयोगी हात हरुलाइ
समन्वय गर्ने कुरामा सन्स्थाप्रती आशावादी देखिन्छिन। स्मरणीय छ हालै मात्र नेपाली क्रीकेटमा भएको अस्तब्यस्तता र क्रीकेट बिकासमा सरकारी उदासिनता लाई मध्यनजर गर्दै फ्यान हरु को आफ्नै सक्रियता मा क्रीकेट
बिकास गर्ने उद्देश्य ले भानु सिग्देल को नेतृत्वमा नेपाली क्रीकेट समर्थक समाज (एन सि एस एस) दर्ता भइ नेपाली क्रीकेट बिकासको लागि कार्य गरि रहेको छ।

(खिलाराज नेपाल सग गरिएको कुराकानी मा आधारित)

प्रकाशित मिति: ३० बैशाख २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्