आज २०७६ असार २० गते शुक्रवारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल असार २० गते । शुक्रबार । इस्वी सन् २०१९ जुलाई ०५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्ल पक्ष । तिथि तृतीया,३४ घडी १६ पला,बेलुकी ०६ बजेर ५७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र तिष्य,०० घडी १८ पला,बिहान ०५ बजेर २२ मिनेट उप्रान्त अष्लेषा,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त मघा । योग हर्षण,०७ घडी ३० पला,बिहान ०८ बजेर १४ मिनेट उप्रान्त बज्र । करण तैतिल,बिहान ०८ बजेर ०६ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कर्कट,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त सिंह । काठमाडौँमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी २८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरूको निम्ति प्रयोग भइनेछ । कुनै पहत्वकाक्षी योजनाहरू भए केही समयको लागि थाती राख्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापन प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बन्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा अग्रजहरूसँग विवाद सृजन हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाइ सँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरीको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेको छ । अरूकै काममा समय जाने हुनाले आफ्नो काम थाती रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केही लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तीको चपेटामा परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको ख्याल नगर्दा वा साना निता काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफा मूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्