गर्भवती महिलाले झुक्केर पनि गर्न हुन्न यी चार काम


 


एजेन्सी । गर्भवती अवस्थाका कुनै पनि महिलाले आफ्नो शरीरको विषेश ख्याल गर्नुपर्छ । आमाको जीवन शैलिले गर्भमा रहेको पेटको बच्चामा पनि प्रत्यक्ष असर पार्ने भएकाले विषेश सावाधानी अपनाउनै पर्छ । खानपान मात्रै हैन सुताईमा पनि विषेश ध्यान दिनु पर्छ । गर्भवती महिलाले अपनाउनु पर्ने टिब्स यस्तो छ :

१ गन्ध नसुघ्नुस : कुनै पनि वस्तुको गन्धले गर्भमा रहेको शिशुलाई नकारात्मक असर गर्न सक्छ । यदि तपाईले घरको भित्तामा रंग लगाउने योजना बनाउनु भएको छ भने केही समय थाँती राख्नुस् । घरमा भित्तामा लगाउने रंगको गन्धको नकारात्मक असर गर्भमा रहेको शिशुमा पर्न सक्छ । धुपहरु वाल्दा पनि कोठाभित्र नबाल्दा नै राम्रो मानिन्छ ।

२ तातो पानीले सकेसम्म ननुहाउनु : तातोपानीले नुहाउदा तपाइलाई त मज्जा आउला तर, पेटमा रहेको बच्चालाई नकारात्मक असर गर्न सक्छ । अर्गनाईजेशन अफ टेरोटोलजी इन्फरमेशन सर्भिसका अनुसार गर्भवती महिलाले आफ्नो शरीरको तापक्रम १०१ डिग्री भन्दा कम राख्दा राम्रो हुन्छ । १०१ डिग्री भन्दा बढी भयो भने पेटमा भएको शिसुलाई अक्सिजनको अभाव हुन सक्छ ।

तपाईले छालामा प्रयोग गर्ने कुनै पनि क्रिमको असर वच्चासम्म पुग्छ ।

३ जुसको सेवन ठिक्क मात्रै : कतिपयलाई लाग्नसक्छ । जुस खाँदा पनि शिसुलाई असर गर्न सक्छ ? कुनै पनि जुसमा सुगरको मात्रा बढी हुन्छ । फलफूल मध्ये आँपको जुस उत्तम मानिन्छ ।

४ क्रिम लगाउदा ध्यान दिनु : महिलाहरुले छाला राम्रो बनाउनका लागि विभिन्न क्रिम लगाउने गरेको पाईन्छ । तर, त्यस्ता क्रिम प्रयोग गर्दा विषेश सावधानी अपनाउनु पर्ने हुन्छ । तपाईले छालामा प्रयोग गर्ने कुनै पनि क्रिमको असर वच्चासम्म पुग्छ । गर्भवती अवस्तामा सेलीसिल्क, एसिड, रेटिनायड र बेन्जाईल पेरोक्साईड जस्ता केमिकल युक्त क्रिम प्रयोग नगर्नु राम्रो मानिन्छ ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्