आज साउन १२ गते आईतबारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल साउन १२ गते । आइतबार । इस्वी सन् २०१९ जुलाई २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि एकादशी,२३ घडी २४ पला ,दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र रोहिणी,२८ घडी १० पला,बेलुकी ०४ बजेर ४१ मिनेट उप्रान्त मृगशिरा । योग ध्रुव,५४ घडी ०९ पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त व्याघात । करण वालव,दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा दाता योग । चन्द्रराशि वृष,रातको ०४ बजेर ३७ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४२ पला । कामिका एकादशी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग राम्रोसँग सल्लाह गर्नुहोला समय मध्यमय रहेको छ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा नगरी दिँदा महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । विद्यार्थीहरूले पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुने योग रहेको छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,मन पर्ने तथा विलासी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरूकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथी सँग आत्मीयताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । पढाई लेखाइमा थोरै बढी समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । विलासी बस्तुको प्रयोग गर्न पाइने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ तथा बन्धुबान्धब सँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आँट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । पढाई लेखाइमा अरूभन्दा कमजोर भइने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुराहरू गर्नु राम्रो हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्