आज साउन १४ गते मंगलबारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल साउन १४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि त्रयोदशी,१८ घडी ०१ पला ,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र आद्रा,२५ घडी ५१ पला,दिउसो ०३ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग हर्षण,४३ घडी २८ पला,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त बज्र । करण वणिज,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ४९ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा चर योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३७ पला । घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग चस्ह्रे पूजा)।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गरे पनि नाँफा कमाउँँन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाई लेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्पापार व्यावासायमा मन्दि आउने भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु परा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारि साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनिति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाईमा भने बिद्यार्थि बर्गहरुले अलि बढि ध्यान दिए सफलता हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सवारि साधनको व्यापार व्यावसायमा अलि बढि मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्