आज साउन १७ गते शुक्रवारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल साउन १७ गते । शुक्रवार । इस्वी सन् २०१९ अगस्ट ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्ल पक्ष । तिथि प्रतिपदा,०२ घडी ५३ पला ,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र अष्लेषा,१६ घडी १७ पला,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त मघा । योग व्यातिपात,२२ घडी ४५ पला,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण बव,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त वाल्ल,बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त कौलव,रातको ०४ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यु योग । चन्द्र राशि कर्कट,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौँमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अफ्नै आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यमय रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्यमय रहेकोले व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको मसय राम्रो रहेकोले व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । मध्यान्हबाट समय मध्यमय रहेकोले माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । पढाई लेखाइमा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुनेछ । अरूलाई दिएको बचन पुरा गर्न नसक्दा व्यर्थै दुख पाइनेछ । नयाँ काम गर्नको लागि केही समय पर्खनु नै राम्रो रहेको छ । धन तथा सम्पत्ति अरूले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नयाँ ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडि बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरीको यात्राको प्रबल सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) बिहानको समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नै बलबुताले व्यापार व्यवसायमा लागनि गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। बिहानको समय मध्यमय रहेकोले पढाइमा पछि परिनेछ । उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्