आखिर अण्डा शाकाहार वा मांसाहार के भित्र पर्छ ?


 


वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ तथ्यले अण्डा शाकाहार हो वा मांसाहार भन्ने दुविधा अन्त्य गरिदिएको छ। पछिल्लो शोधअनुसार अण्डा पूर्णतयास् शाकाहारी भोजन हो।

पोथीमा भाले लागेर अर्थात गर्भाधान भएर तयार भएको अण्डा मांसाहारी भए पनि भोजनको प्रयोजनले गर्भाधानबिनै उत्पादन गरिएका अण्डा भने शाकाहार भएको वैज्ञानिकहरुले शोधमार्फत पुष्टि नै गरिदिएका छन्। बजारमा खाद्य प्रयोजनले राखिएका अण्डा बतासे वा गर्भाधान नगरी तयार गरिएका हुन्। यी अण्डाबाट चल्ला कोरल्न मिल्दैन। त्यस्ता अण्डाहरुलाई विज्ञानले शाकाहारी श्रेणीमा राखिदिएको हो।

अण्डामा तीनवटा प्रष्ट तह हुन्छन्। पहिलो( बाहिरी बोक्रा, दोस्रो( सेतो भाग र तेस्रो( पहेँलो। सेतो भाग प्रोटिनको निकै उत्कृष्ट स्रोत हो। त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी भएको वैज्ञानिकहरु बताउँछन्।

पहेँलो भागमा प्रोटिनसँगै ‘कोलेस्ट्रोल’ र ‘फ्याट’ पनि पाइन्छ। अण्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ। यसमा पनि प्राणीको कुनै पनि प्रकारको हिस्सा हुँदैन। अण्डाका पारखीहरुले अब ढुक्क भए हुन्छ। शाकाहारी नै भए पनि बच्चा नकोरेलिने बतासे अण्डा जति पनि खान सक्नुहुन्छ तपाईँले।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्