यस्ता गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी भइहाल्नुहोस् !


 


पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत पर्दा पनि नहडबडाउने धैर्यता पनि पुरुषमा हुनु जरुरी हुन्छ ।

–तपाईले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरुले कमाएको पैसामा धाक लगाउनेहरुले ।

–अक्सर तपाईंले पनि देख्नुभएको होला कि आफ्नो घरमा भएको झगडालाई धेरैजनाले साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रुपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् ।

– एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैं साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्