मुख्यमन्त्री ज्यू , कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्


 


विराटनगर,४ भदौ
मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका.१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते।
खोटाङमा जातीय छुवाछुत हटाउन गत जेठ १८ गते आयोजित गरिएको सहभोजमा दलित बालबालिकाको हातबाटदही खाएका आचार्य सामाजिक बहिष्कारमा परेपछि न्यायको खोजीमा भौतारिँदै मुख्यमन्त्रीको कार्यालय पुगेका हुन्।

जिल्लाका सीडीओ, डीएसपी, र डाक्टरसँगै मैले पनि दलित बालबालिकाले दिएको दही खाएको हो, छुवाछुत गर्नुहुँदैन भनेर बोलेको पनि हो। त्यसै दिनदेखि आफ्नै दाजुभाइ र छरछिमेकले मलाई बहिष्कार गरे, श्राद्धमा पुरोहित आएनन्, गाउँमा छि, छि र दुरदुर गरे, उनले मुख्यमन्त्री सामु रुदै भने, ुमलामी जाँदासमेत यो चितासँगै टंकप्रसादलाई पनि पखाल भनेर अपमान गरे। गाउँमा सबैले बहिस्कार गरेपछि गाउँ नै छाडेर न्यायको खोजिमा विस्थापित बनेको उनको गुनासो छ।
केही दिन त गाउँमै छोराबहारी र नातानातिनासँग बसें, श्राद्ध गर्न पुरोहित आएनन्, मलामीमा अपमानित हुनुपर्यो, गाउँमा हिँड्दा सबैले आँखा तरे, मैले मात्रै दलित बालबालिकाको हातबाटदही खाएको जस्तो भयो, विषले पोलेभन्दा धेरै अहिले दहीले पोलेको छ मन्त्रीज्यू, के मैले गर्नु नहुने काम गरें रुु उनले मुख्यमन्त्री समक्ष प्रश्न गरे।

उनले गाउँ छाडेको ९ दिनभयो। बहिष्कार गरेका दाजुभाइले अझै फोनबाट धम्की दिइरहेकोउनी बताउँछन् । जिल्ला समन्वय समिति खोटांडले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजको आयोजक, सीडीओ र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुखसमेतलाई सुरुदेखि नै जानकारी भए पनि समाजमा स्थापित गराउन पहल नगरेको उनको गुनासो छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्