आज भदाै १३ गते, शुक्रबारको राशिफल


 


वि.सं.२०७६ साल भाद्र १३ गते । शुक्रबार । इस्वी सन् २०१९ अगष्ट ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि औँसी,२६ घडी ३९ पला,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र मेघा,३२ घडी ०४ पला,बेलुकी ०६ बजेर ३१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग शिव,३६ घडी ४८ पला,बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण नाग,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा काण योग । चन्द्रराशि सिंह । काठमाडौँमा सूर्योदय ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २५ मिनेट । दिनमान ३१ घडी ५० पला । औँसी। दर्श-श्राद्ध। कुशेऔंसी -कुश ग्रहण गर्ने। गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध। स्नान-दान गर्ने, हलो बार्ने र निशि बार्ने औँसी। मन्वादि। पितृ सम्मान दिवस -बाबुको मुख हेर्ने। युवक कवि मोतीराम भट्ट जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार लगानी गर्ने वातावरण छैन त्यसैले व्यवसायमा नाफा कमाउन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरी सँग पनि मनमुटाब बढ्नेछ भने तपाईँले भनेको नमानिदिँदा मन खिन्न हुनेछ । अध्ययन अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरूभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आँटिला तथा पराक्रमी क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठूलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ-नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्त्वाकाङ्क्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्ब तथा आफन्त सँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेभएपनि तपाइकै कारणले टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्