ललीपपको छायांकन सम्पन्न


 


lalipapकैलाली, साउन ४
के.वि. थापाको निर्माणमा बनेको तीज गीत “ललीपप्” को छायांकन सम्पन्न भएको छ । लोकू सिंह (ठकुरी) को शब्द सृजना र गोपाल नेपाल (जि.एम.) को उत्कृष्ट लयमा सजीएको “ललीपप्” को भिडीयो बिल्कुलै नयांपन र फरक धारमा निर्माण भएको बताईएको छ ।

सो भिडीयोको निर्देशन अनिश लामाले गरेका छन भने छायांकन करण चैसिरले गरेका छन । ललीपप गीत जसरी फरक धारको छ त्यसरी नै यसको भिडीयो पनी फरक धारको बनाएका छौ । निर्देशक लामाले भने,…. “हामी सबैकालागी राम्रो सम्भावना बोकेको गीत छ भरपुर मेहनतका साथ काम गरेका छौ । यो गीतको भिडीयो सबै दर्शकहरुले मन पराउनु हुनेछ र सबैको मनमा बस्नेछ भन्ने कुरा म ढुक्क छु ।”

छायांकन स्थलमा भेटीएकी गायिका सिर्जु अधिकारीले भनीन्,…..“जसरी हामीले गाउने कुरा मेहनत गरेका थियौ त्यो भन्दा बढी मेहनत अनिश जीको टिमले गर्दै छ । भिडीयो सारै राम्रो बन्छ भन्नेमा त ढुक्क छु । यहा सबैजना मेहनतले काम गरीरहनु भएको छ ।

सारै खुशी लागीराको छ ।” केही गीतहरुमा स्वर दिईसकेका गायक हेमराज थापा र चर्चीत गायिका सिर्जु अधिकारी स्वर ललीपपमा रहेको छ भने केशव बडुको एरेन्ज रहेको छ ।

“म गितहरु सेलेक्ट गरेर मात्र काम गर्ने गर्छु”…. नाच्दै गर्दा थकीत मुद्रामा मोडेल दिपाशा बि.सी.ले भनीन्,…..“यो गीत सुने अनी मेरो सेलेक्ट स्टिमा पर्यो त्यसैले आज यो ठाउमा कम्मर मर्काउदै छु । काम गर्न रमाईलो भईराको छ ।” उनले थपीन,… “गीत सारै राम्रो छ ।

यस्को शब्द संगीत अझै मन पर्यो । त्यसै माथी अनिश जी को निर्देशनले त झनै सुनमा सुगन्ध थपेको छ ।” ललीपपमा दिपाशा बि.सी.,चन्दा दाहाल, सन्तोष भाट र लोकू सिंह (ठकुरी) को नृत्य हेर्न पाईने भएको छ । अव केही दिनमै भिडीयो सार्वजनीक गर्ने निर्माण युनीटले जानकारी दिएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्