एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक



काठमाडौँ, ६ असोज

त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वोत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन् ।

यसैगरी काठमाडौ विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका छन् ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले यही असोज ३ गते र काठमाडौ विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौ विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

दुवै विश्वविद्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।

मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौ उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बीडीएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News